सप्तरी-पर्सा धार्मिक पर्यटकीय करिडोर निर्माणमा सहयोग गरिने छः शहरी विकासमन्त्री

डिसी नेपाल
११ मंसिर २०७७ २२:५०

जनकपुर । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र मुख्यमन्त्री लालबाबु राउतबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विकास निर्माणका विषयमा छलफल भएको छ ।

शहरी विकास मन्त्रालयका प्रदेश नं २ मा जारी विकास निर्माणका कार्यको स्थलगत निरीक्षण तथा अवलोकनमा रहेका मन्त्री श्रेष्ठले मुख्यमन्त्री राउतसँग विकास निर्माणको कार्यमा तीनवटै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयका अनुसार मुख्यमन्त्री राउतले धार्मिक पर्यटकीय क्षेत्र जनकपुरधाममा पर्यटक आकर्षित गर्न सङ्घीय सरकारले ठोस पहल गर्नुपर्ने बताएका थिए । उनले जनकपुरधाममा ल्याण्डफिल साइट निर्माणका लागि मन्त्री श्रेष्ठसँग आग्रह गरेका थिए ।

सो अवसरमा शहरी विकासमन्त्री श्रेष्ठले प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेटेको सप्तरीदेखि पर्सासम्मको धार्मिक पर्यटकीय करिडोर निर्माणमा सहयोग गरिने जानकारी गराए । उनले आफ्नो मन्त्रालयबाट प्रदेशमा हुने सम्पूर्ण विकास निर्माणका कार्यमा प्रदेश सरकारसँग समन्वय गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *