कौडा खेलिरहेको अवस्थामा १० जना पक्राउ

डिसी नेपाल
१२ मंसिर २०७७ १७:४५

बारा । जितपुर सिमरा उपमहानगरपालिका २ सिमरास्थित सिमरा पाराडाइज होटलमा कौडा खेलिरहेका १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट १६ थान कौडा र नगद ५ लाख ८२ हजार ५ सय ५० रुपैयाँ समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *