पाथीभरामा तीर्थयात्रीको मृत्यु

डिसी नेपाल
१२ मंसिर २०७७ २०:३८

ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा दर्शन आएकी एक महिला तीर्थयात्रीको शुक्रबार मृत्यु भएको छ। विराटनगर महानगरपालिका –६ निवासी सावित्री खड्का चापागाईंको बेहोश भई निधन भएको हो।

मन्दिरमै अचेत भएर ढलेपछि पाथीभराका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयवासीले स्टे«चरमा उनलाई बोकेर काफ्लेपाटीसम्म ल्याएको र त्यहाँबाट गाडीमा जिल्ला अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको माथिल्लो फेदी प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मी उमनाथ पौडेलले जानकारी दिए।

तीस वर्षीया सावित्रा श्रीमान् मनिष चापागाईं, ससुरालगायत परिवारका पाँच जनासँगै दर्शनका लागि पाथीभरा आएका थिए। अपराह्न १ बजेतिर मन्दिरमा पूजा गरेर बाहिर निस्कँदा होमकुण्ड छेउमा लडेपछि स्टे«चरमा उनलाई सदरमुकामतिर ल्याइएको थियो।

मन्दिरबाटै अक्सिजनसहित अस्पताल ल्याइए पनि बचाउन नसकिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए। चिसोका कारण उनको मृत्यु भएको हुन सक्ने जनाइएको छ। (रासस)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *