सेवाग्राहीबाट १० ला घुस लिँदा पक्राउ परेका जैसवालविरुद्ध विशेष अदालतमा मुद्दा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण हेटौंडा–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख ईश्वरीप्रसाद जैसवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
प्राधिकरणका नवौँ तहका इञ्जिनीयर जैसवाललाई प्रसारण लाइनभित्र पर्ने रुख कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु १० लाख घुस लिँदै गरेका अभियोगमा आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी जैसवालविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment