न्यौपानेलाई थप सात दिन थुनामा राख्न आदेश

डिसी नेपाल
१२ मंसिर २०७७ २३:२९

भक्तपुर । ठगी मुद्दामा पक्राउ परेका भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको अदालतका स्रेस्तेदार जगन्नाथ पौडेलले जानकारी दिए । गत बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको न्यौपानेविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई घुस दिएको मुद्दा दायर भएको थियो ।

आफ्नो आर्थिक अनियमितता र भ्रष्टाचार लुकाउन न्यौपानेले आयोगका तत्कालीन आयुक्त पाठकलाई रु ७८ लाख घुस दिएको प्रमाण सार्वजनिक भएपछि पाठकले पदबाट राजीनामा दिनुपरेको थियो । पक्राउ परेका न्यौपानेसहित पाँच जनाविरुद्ध ठगी मुद्दामा व्यूरोले अनुसन्धान गरिरहेको छ ।

इञ्जिनियरिङ कलेजमा भएको आर्थिक अनियमितताबाट रु २३ करोड १० लाख २३ हजार ४४३ बेरुजु देखिएको र न्यौपानेका नाममा मात्रै रु तीन करोड ७१ लाख ५३ हजार ६५० बेरुजु रही ठगी गरेको अभियोग लाग्दै आएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *