जीप दुर्घटनामा चारको मृत्यु

डिसी नेपाल
१३ मंसिर २०७७ ७:४६
84
Shares

जाजरकाेट । जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चारको मृत्यु भएको छ।

आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए।

दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते रहेको उनले जानकारी दिए। जीप चालक फरार रहेको प्रहरीले जनाएको छ। यो सडकखण्डमा थोत्रा गाडी सञ्चालनमा छन्।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *