माग पूरा नभएको भन्दै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न चिकित्सकहरु पुनः आन्दोलित

डिसी नेपाल
१३ मंसिर २०७७ १४:३९

काठमाडौं। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानन धरानका इन्टर्न चिकित्सकहरु पुनः आन्दोलित भएका छन्। प्रतिष्ठानको प्रशासनसँग यसभन्दा पहिला भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरु पुनः आन्दोलित भएका हुन्।

प्रतिष्ठानमा कार्यरत इन्टर्न चिकित्सकहरुले विज्ञप्ति जारी गर्दै आइतबारदेखि आन्दोलन गर्न बाध्य हुने जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘यसरी प्रतिष्ठानका पदाधिकारी ज्युहरूले आश्वासन दिए बमोजिम नभए पश्चात सम्पूर्ण इन्टर्नहरुको पुर्ण सहमति बमोजिम  मङ्सिर १४ गते आइतबारदेखि इन्टर्न मार्फत् हुने सम्पूर्ण सेवा सुविधाहरू हाम्रा मागहरु पूर्ण रुपमा कार्यान्वयन नहुँदाँम्मका निम्ति स्थगित गरिएको यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहान्छौँ।’

उनीहरुले कोरोनाको माहामारीकाबीच आन्दोलनका कार्यक्रम गर्दा पर्न गएको असुविधाको जिम्मेवार प्रतिष्ठान स्वयं हुने भन्दै आफूहरुले पनि क्षमा मागेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

विज्ञप्तिमा उनीहरुले भनेका छन, ‘आश्विन १८ गते दर्ता नं १२९० र आश्विन १४ गते दर्ता नं १२३० मा रहेको ध्यानाकर्षण पत्र वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासन समक्ष इन्टर्न चिकित्सकहरूले न्यूनतम मागहरू राखी बुझाएका थियौँ। आज उक्त विज्ञप्ति जारि भएको २ महिना भन्दा बढी समय भैसकेको छ। यो दुई महिनाको अन्तरालमा प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी ज्युहरु संग बेला बेला झक्झक्याउने र उपयुक्त कार्यालयहरूमा ध्यानाकर्षण गराइरहेका थियौँ र उहाँहरूको आश्वासन बमोजिम नै हामीले पूर्व निधारित आन्दोलनका कार्यक्रम फिर्ता लग्दै नियमित कामकारवाहीमा फर्केका थियौँ।’

‘यसबीच प्रतिष्ठानका पदाधिकारी ज्युहरूलाई हाम्रा मागहरू सम्बोधनको सुनिश्चितताका निम्ति पुन पटक पटक उपकुलपति ज्युलाई भेट्न र छलफलको निम्ति समय मिलाइदिन आग्रह गर्दा, त्यसको निम्ति पनि पहल नभएको समेत जानकारी गराउन चाहान्छौँ,’ विज्ञप्तिमा भनिएको छ।

ईन्टनहरूले नियमित जीवन निर्वाह भत्ता पाउनुपर्ने समयको १२ दिन पश्चात पदाधिकारीले आश्वासन दिए विपरित, पहिलेकै नियम अनुसार जीवन निर्वाह भत्ता आएपश्चात सम्पूर्ण इन्टर्न चिकित्सकहरू अन्दोलनको बाध्यकारी कदम उठाउन बाध्य भएका उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *