डरधम्की देखाई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने एकजना पक्राउ

डिसी नेपाल
१३ मंसिर २०७७ १७:१४

कास्की । पोखरामा महिलालाई जबरजस्ती शारीरिक सम्पर्क गराउन लगाउने खाजाघरका एकजना सञ्चालक पक्राउ परेका छन्। काभ्रे पाँचखाल घर भई पोखरा महानगरपालिका ९ जाल्पारोड बस्ने ३४ वर्षीय सञ्चालक केशव भुजेललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

भुजेलले खाजा घरमा राम्रो काममा लगाइदिन्छु भनि प्रलोभन देखाई काम गर्न लगाएका थिए। ती महिलालाई उनले खाजा, नास्ता वितरण गराउने काम दिएका थिए।

तर केही दिनपछि नै उनले आफ्नो खाजाघरमा आउने ग्राहकहरूसँग पैसा लिएर शारिरिक सम्पर्क गर्न लगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भुजेलले ती महिलालाई डर, धाकधम्की दिई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाएका थिए ।

अन्य होटलहरूमा समेत पठाइ यौन शोषण गराएको भन्ने जाहेरी आएपछि प्रहरीले भुजेललाई पक्राउ गरेको हो । प्रहरीले पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाएको छ।

भुजेलमाथि प्रहरीले मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *