नेपाल–भारत लघुकथा सम्मेलन

डिसी नेपाल
१४ मंसिर २०७७ १५:३४

काठमाडौं। लघुकथा समाज, नेपालले नेपाल–भारत लघुकथा सम्मेलनको आयोजन गरेको छ। उक्त सम्मेलनमा नेपाल र भारतका १०÷१० जना लघुकथाकार सहभागी थिए।

शनिबार साँझ भर्चुअलरूपमा आयोजित लघुकथा सम्मेलनमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लघुकथा समाजले दुई देशका लघुकथाकारहरू सम्मिलित सम्मेलन आयोजन गरेर लघुकथाको प्रवद्र्धनमा विशेष योगदान दिएको उल्लेख गरे।

कुलपति उप्रेतीले भने, “यतिबेला विश्व कोभिड १९ को संक्रमणबाट आक्रान्त छ। तथापि मानवजातिले चेतनाको प्रयोग गर्दै विभिन्न माध्यमबाट सिर्जना प्रस्तुत गर्दै आएका छन्। यो विश्व साहित्यका लागि खुशी र महत्वपूर्ण विषय भएको छ।” उप्रेतीले आफ्नो मन्तव्यका क्रममा एकेडेमी र भारतीय साहित्य अकादेमीबीच सहकार्य हुँदै आएको चर्चा पनि गरे।

कार्यक्रमका विशेष अतिथि मनुमुक्त मानव मेमोरियल ट्रस्टका ट्रस्टी डा. रामनिवास मानवले सन् २०१८ देखि इन्डो नेपाल लघुकथा कार्यक्रम गरिँदै आएको बताए । उनले आफ्नो मन्तव्य पछि एउटा लघुकथा वाचन गरे।

डा. सत्यवीर मानवले भारतीय लघुकथाको इतिहाससँग लघुकथाका बारेमा आफ्नो मन्तव्य प्रस्तुत गरे।  लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न सम्मेलनमा सरुभक्त, अशेष मल्ल, नवराज रिजाल, सुमन सौरभ, सुषमा मानन्धर, सिन्धु गौतम, हरि भण्डारी, कृष्ण बजगाई, डा. कपिल लामिछाने, ध्रुव मधिकर्मी, डा. रामनिवास मानव, डा. सत्यवीर मानव, डा. हुँदराज बलवानी, प्रमोदकुमार गोविल, राकेश भ्रमर, डा. जीतेन्द्र भारद्वाज, भगवती प्रसाद द्विवेदी, सागर संजय, डा. योगेन्द्रनाथ शुक्ललगायतले आफ्ना लघुकथा वाचन गरेका थिए।

भारततर्फका लघुकथाकारहरूको संयोजन नारनौल हरियाणास्थित मनुमुक्त मानव मेमोरियल ट्रस्टले गरेको थियो। कार्यक्रममा डा. पुष्करराज भट्ट, तुलसीहरि कोइरालाले पनि बोलेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *