हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण, यात्रु सबै सुरक्षित

डिसी नेपाल
१४ मंसिर २०७७ १६:१८

काठमाडौँ । बाग्लुङको गल्कोटबाट काठमाडौंका लागि उडेको कैलाश सर्भिसेजको हेलिकोप्टर चरा ठोकिएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ।

नुवाकोट प्रहरीका अनुसार कैलाश हेलिकप्टर सर्भिसेजको हेलिकप्टर आज दिउँसो साढे २ बजेतिर नुवाकोट बेलकोटगढी नगरपालिका—६ मा आकस्मिक अवतरण गरिएको हो।

हेलिकोप्टर अवतरणका क्रममा पाइलट दीपक गर्बुजा पुन सामान्य घाइते भएका छन् । चरा ठोकिएपछि हेलिकोप्टरको अगाडिको सिसा फुटेको तर मानवीय क्षति भने नभएको पनि प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भण्डारीसहित गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालकको अवस्था समान्य रहेको बताइएको छ।

गलकोट हटियाबाट १२ बजेर ५० मिनेटमा उडेको हेलिकप्टर पौने २ बजे दुर्घटना भएको हो। पारिवारिक प्रयोजनका लागि हेलिकप्टर बागलुङबाट काठमाण्डौ उडेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *