निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने अर्थमन्त्रीको प्रतिवद्धता

डिसी नेपाल
१४ मंसिर २०७७ १७:३१

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रको साथ लिएर अघि बढ्ने बताएका छन्। नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग आइतबार भएको भेटमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताउँदै कोभिड १९ का कारण सिर्जित प्रतिकूलताका बावजुद पनि उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरे।

सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्धन गर्ने बताउदै अर्थमन्त्री पौडेलले भने, ‘तपाईहरु उच्च मनोवलका साथ काम गर्नुहोस्, निजी क्षेत्रले अघि सारेका माग तथा विषयलाई सम्बोधन गर्नका लागि सरकार तयार छ।’

उनले उद्योगी तथा व्यवसायीहरुलाई सहयोग तथा प्रोत्साहनका लागि सरकारले पुनर्कर्जा, व्यावसायी निरन्तरता कर्जा लगायतका कार्यक्रमहरु ल्याएको भन्दै तिनीहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिए।

परिसंघका पदाधिकारीहरुले कोभिड—१९ ले सिर्जना गरेका समस्यालाई सम्बोधन गर्न, चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने लगायतका सुझाव दिएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *