प्रधानमन्त्री पनि टिकटकमा ! प्रेस संयोजकलाई थाहै नभइ कसले बनायो र कसरी भेरिफाइ भयो ?

डिसी नेपाल
१५ मंसिर २०७७ १३:३९

काठमाडौं। पछिल्लो समय युवा पुस्तामा अत्यन्तै लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति देखिएको छ । उनको यो अकाउण्ट भेरिफाइ पनि भइसकेको छ । अकाउण्टमा अहिलेसम्म एउटा मात्र भिडियो शेयर गरिएको छ । यो भिडियोलाई ९ हजारभन्दा धेरैले लाइक गरिसकेका छन् । २ सय जनाले कमेन्ट गरेका छन् । भिडियोको भ्यू १ लाख ३० हजार बढी भइसकेको छ । १५० भन्दा धेरैले शेयर गरेका छन् ।

@kpsharmaoli_officialWe are working on service integration #digitalnepal♬ original sound – We support Nepal – KP Sharma Oli

तर, प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईले भने यो अकाउण्ट कसले बनायो भन्नेबारे आफूलाई जानकारी नभएको बताए । यो अकाउण्ड प्रधानमन्त्रीको टिमले नबनाएको उनले बताए । बजगाइले आफ्नो टिमले नबनाएको भने पनि यो अकाउण्ट भेरिफाइ भइसकेको छ । आधिकारिकता पुष्टि गर्ने पर्याप्त आधार भएपछि मात्रै यस्ता अकाउण्ट भेरिफाइ हुन्छन् । यो अकाउण्टलाई १६ सय भन्दा धेरैले फलो गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *