दक्षिणी सुडानमा तैनाथ नेपाली शान्ति सैनिकबाट हिंसा नियन्त्रण

डिसी नेपाल
१५ मंसिर २०७७ १५:३०
800
Shares

काठमाडाैं। शान्ति स्थापनार्थ दक्षिणी सुडानमा कार्यरत (यूएनएमआइएसएस) क्युबियत इलाकामा कार्यरत नेपली शान्ति सैनिकहरुले त्यहाँका स्थानीय बासिन्दालाई सम्भावित जातीय हिंसाबाट बचाएका छन्।

क्युवियट क्षेत्रमा कार्यरत कालध्वज गण अन्तर्गतकाे टेम्पोररी अपरेटिभ बेसबाट खटिएका सैनिकले त्यहाँका बासिन्दालाई सम्भावित द्वन्द्वबाट जोगाएका हुन्। कगोंर जातिको एक जना मानिसले आईएल जातिमा चोर्न आएको विषयमा कंगोर र आईएल जातिबीच हिंसाको रुप लिँदा एक जनाको मृत्यु भएको थियाे।

नेपाली शान्ति सैनिकले द्वन्द्व हुन लागेको अवस्थामा नियन्त्रण गरेको हो। जातीय द्वन्द्वका कारण नरसंहारबाट गुर्जेको उक्त मुलुकमा नेपाली सैनिकले गरेको अदम्य शाहसको संयुक्त राष्ट्रसंघले उच्च कदर जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *