एकै दिन २५० बढी स्थानीय तहमा अस्पताल निर्माण गर्ने योजनाको शिलान्यास

डिसी नेपाल
१५ मंसिर २०७७ १७:१९

काठमाडौं। गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ। चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप चालु आवमा ३९६ स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न लागिएको हो।

चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप चालु आवमा ३९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ। गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको हो। उक्त कार्यक्रम अन्र्तगत सोमवार एकै दिन २५० बढी स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको शिलान्यास गरिएको छ।

सङ्घीय सरकारका मन्त्री, मुख्यमन्त्री, प्रदेश सकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलगायतले विभिन्न स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास गरेका छन्। आज शिलान्यास हुन नसकेको स्थानीय तहले पनि चालु आर्थिक वर्षभित्रै अस्पताल निर्माण गर्नुपर्नेछ । सरकारले पाँच श्ययाको अस्पताल निर्माण गर्न रु आठ करोड, १० श्ययाको अस्पतालका लागि रु ११ करोड र १५ श्ययाका अस्पताल निर्माणका लागि रु १८ करोड बजेट विनियोजन गरेको छ । ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो । प्रदेश नं १ मा ३२, प्रदेश नं २ मा २०, वाग्मतीमा १९, गण्डकीमा ५३, लुम्बिनीमा ६०, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ स्थानीय तहमा अस्पताल निर्माण गरिनेछ ।

सरकारले अस्पताल निर्माणका लागि पहिलो किस्ता सम्बन्धित स्थानीय तहमा पठाइसकेको छ । पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ श्ययाको अस्पताल बनाउन रु ६४ अर्ब नौ करोड पठाइएको छ। पाँच श्ययाको अस्पतालका लागि रु ७० लाख, १० श्ययाका लागि रु ८५ लाख र १५ श्ययाका लागि रु एक करोड पठाइसकिएको छ । अस्पताल निर्माणको सम्पूर्ण काम स्थानीय तहले गर्नेछन् ।
यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले नागार्जुन नगरपालिका–७ स्थित बतासेपाखामा निर्माण हुन लागेको १५ श्ययाको रामकोट

आधारभूत अस्पतालको आज शिलान्यास गरेकाछन्। उक्त अवस्थामा बोल्दै उनले नेपालको स्वास्थ्य क्षेत्रमा आजको अभियानले ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे। अस्पताल निर्माण सरकारको भन्दा पनि नेपाली जनताको स्वास्थ्य रक्षाका लागि महत्वपूर्ण कार्यक्रम भएको उल्लेख गर्दै उनले सबै स्थानीय तहले तोकिएको समयमै सफलतापूर्वक अस्पतालको निर्माण सम्पन्न गर्नेमा आशावादी रहेका बताएका छन्।

यस्तै फरक प्रसंगमा बोल्दै उनले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर नआक्न आग्रह गर्दै उनले यसको विकल्प खोज्नु नेपाललाई पछाडि फर्काउने दुस्प्रयत्न भएको बताएका छन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अभ्यासद्वारा परिपूर्ण गर्दै यसलाई सम्पूर्ण बनाउँदै लैजानुपर्नेमा उनको जोड रहेको छ। गणतन्त्रको रक्षाका लागि सम्पूर्ण राजनीतिक दल, आम जनतालाई आह्वान गर्दै उनले कुनै घटना विशेषबाट धेरै तरङ्गित नहुन सर्वसाधारणलाई आग्रह गरेका छन्।

सोही कार्यक्रममा बोल्दै वाग्मती प्रदेशसभा सदस्य केशव पोखरेलले निर्माणाधीन अस्पताल नगरको गौरवको आयोजना भएको र समयमै निर्माण सम्पन्न गर्न आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । अब बन्ने अस्पताललाई आधारभूत अस्पतालका रुपमा मात्र सीमित नराखी अन्य क्षेत्रका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा दिने गरी काम गर्न सुझाव दिदै पोखरेलले अस्पताललाई सुविधासम्पन्न बनाउन थप स्रोतको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे। (राससबाट इनपुट)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *