प्रदेश नं १ मा थप २२६ जना कोरोना सङ्क्रमित, १०२ निको भए

डिसी नेपाल
१५ मंसिर २०७७ २२:३५

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा यो प्रदेशमा एक हजार ५३ जनाको पीसीआर परीक्षण गरिएकामा ९० महिलासहित २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका ७६ मध्ये विराटनगरमा ४९, सुनसरीका ४८, झापाका ४५, ताप्लेजुङका २१, उदयपुरका नौ, इलाम र धनकुटाका पाँच/पाँच, सङ्खुवासभा, तेह्रथुम, भोजपुर र पाँचथरका एक/एक र प्रदेश बाहिरका १३ जना रहेका छन्।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २७ हजार २६२ पुगेको छ । प्रदेशमा आज १०२ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

योसँगै उपचारपछि निको हुनेको सङ्ख्या अहिलेसम्म २२ हजार २८५ पुगेको छ। प्रदेशमा अहिलेसम्म एक लाख ९१ हजार ४२६ जनाको पीसीआर परीक्षण सम्पन्न गरिएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *