सुदूरपश्चिमका सबै जिल्लामा समाजिक विकास कार्यालय स्थापना

डिसी नेपाल
१५ मंसिर २०७७ २३:४५
36
Shares

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रदेशस्तरीय सामाजिक विकास कार्यालय स्थापना भएका छन्।

डडेल्धुराको शिक्षा विकास तथा समन्वय एकाईमा समाजिक विकास कार्यालय स्थापना गरिएको छ।

सुदूरपश्चिम सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय मातहतमा रहने गरी नौ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने प्रदेश सरकारको निर्णयानुसार डडेल्धुरालगायत जिल्लामा कार्यालय स्थापना गरिएको मन्त्रालयले जनाएको छ।

सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख कुलराज सोतीले शिक्षा, युवा तथा खेलकूद, भाषा तथा संंस्कृति, महिला बालबालिका र श्रम तथा रोजगार क्षेत्रका कामकाज जिल्लास्तरबाट सम्पादन गर्ने जिम्मेवारी कार्यालयलाई तोकिएको जानकारी दिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *