सरकारविरोधी आन्दोलन र महाधिवेशन सँगसँगै : कमल थापा

डिसी नेपाल
१६ मंसिर २०७७ १९:३०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारविरोधीआन्दोलन र पार्टीको महाधिवेशनलाई सँगसँगै लैजाने बताएका छन् ।

पार्टी केन्द्रीय सचिवालयद्वारा मंगलबार आयोजित अन्तरक्रियामा उनले सरकारको अदूरदर्शिता र अकर्मण्यताका कारण जनता दिक्क भएको र कांग्रेसको कमजोर र असफल प्रतिपक्षी भूमिकाले थप निराशा पैदा भएको बताएका छन् ।

बैकल्पिक शक्तिको रुपमा राप्रपालाई स्थापित गर्न बलियो पार्टी बनाउने गरि अघि बढ्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए । मुलुकमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र धर्मपरिवर्तनले मुलुकलाई समस्याको दलदलमा फसायको भन्दै थापाले शसक्त र हस्तक्षेपकारी भुमिका खेल्दै अघि बढ्नुपर्ने बताए ।

हिन्दुराष्ट्र र राजसंस्थाको आवश्यकता दिनप्रतिदिन बढिरहेको र जनताको परिवर्तनको चाहना भएकोले जनभावना अनुसार पार्टीलाई नयाँ उत्साह र उर्जाका साथ अघि बढाउने समेत थापाले बताए ।

महाधिवेशनलाई सफलता पूर्वक सम्पन्न गर्न समयसीमा भित्र कार्य सम्पादन गर्न समेत थापाले सचिवालयको ध्यानाकर्षण गराए । कार्यक्रममा सचिवालय प्रमुखद्वय ध्रुब बहादुर प्रधान र भाष्कर भद्रा लगायतले बोलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *