मंसिर २२ मा विवाह गर्दै रमेश प्रसाई र नन्दा
फाइल तस्वीर/नन्दा सिंह (बीचमा)
काठमाडौँ । पब्लिक स्पीकर नेपाल २ बिजेता एवम् गायक रमेश प्रसाईले विहे गर्ने भएका छन् । रमेशले यही मंसिर २२ गते विहे गर्ने तय भएको उनका साथी जीवन विष्टले सामाजीक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।
रमेशले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिवाहमा परिणत गर्न लागेका हुन् ।
रमेशका साथी जीवनले भने जुनु तामाङसँग गर्दैछन् । रमेश र जीवन सँगै बस्दै आएका छन्। उनीहरुले एकै मण्डपमा एकै दिन धरानबाट विहे गर्ने निर्णय गरेका छन् । उनले दुबैको संयुक्त विहेको निमन्त्रणा पत्र समेत सार्वजनिक गरेका छन्।
पछिल्लो समय रमेश ‘रिंकेबुङको राँगो’बोलको गीतका कारणले चर्चामा रहेका छन् ।
मङ्सिर १७ रमेश प्रसाईं काठमाण्डौ र २२ गते जीवन बिस्ट धरानबाट विवाह गर्ने सम्झौता भएता पनि १४ वर्ष लामो हाम्रो मित्रताको…
Posted by Zeewan Bista on Tuesday, December 1, 2020
No ads found for this position

डिसी नेपाल
Facebook Comment