एक घण्टा पछि स-याे नेकपा सचिवालय बैठक

डिसी नेपाल
१७ मंसिर २०७७ १३:०९

काठमाडौं। सत्तारुढ दल नेकपा सचिवालय बैठक निर्धारित समयभन्दा एकघण्टा पछि सरेको छ। यसअघि बैठकमा सहभागी नहुने अडानमा रहेका प्रधानमन्त्री सचिवालय बैठकमा सहभागी हुन सहमति भएपछि प्रधानमन्त्री ओलीकै चाहना अनुसार बैठक एकघण्टा पछि सारिएको हो।

बुधबार विहान प्रधानमन्त्री ओलीले आफू निकट नेतासँग छलफल गरेका थिए। छलफलमा सहभागी उपप्रधानमन्त्री इश्वर पोखरेल तथा संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतले बैठकमा सहभागी हुनु उचित हुने सुझाव दिएपछि ओली बैठकमा सहमभागी हुन सहमत भएको बालुवाटार निकट स्रोतले जनाएको छ।

अहिले बैठकमा कसरी प्रस्तुतव हुने र भावी रणनीति तय गर्दै ओली समूह बालुावटारमा र प्रचण्ड–माधव नेपाल समूह खुमलटारमा आन्तरिक छलफलमा व्यस्त छन्।

मंगलबारको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले प्रचण्डले पेस गरेको राजनीतिक प्रस्ताव नै विधि विपरित आएको र लाञ्छानाको पुञ्ज भएको भन्दै त्यसमा छलफल नै गर्न नमिल्ने बताएका थिए भने अन्य ७ जना सदस्यहरुले छलफल हुने बताएका थिए।

प्रचण्ड–माधव समूह आक्रामक रुपमै अगाडि बढेर प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई कुनै पद त्याग गर्न लगाउने निक्र्यौलमा पुगेकाले नेकपाके बुधबारको बैठक सहज नहुने देखिएको नेकपा नेताहरुले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *