प्रधानमन्त्री ओली बिनै नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

डिसी नेपाल
१७ मंसिर २०७७ १४:४०

काठमाडौं । सत्तारुढ दल नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका छैनन्।

यसअघि प्रधानमन्त्री ओली पनि बैठकमा सहभागी हुने भन्दै बैठक निर्धारित समय भन्दा एक घण्टा ढिला सुरु गरिएको हो। यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री ओली बैठक सहभागी भएका छैनन्।

मंगलबार बसेको सचिवलाय बैठकमा प्रधानमन्त्री ओली यसअघि अर्का अध्यक्ष प्रचण्डले कात्तिक २८ गते सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिएर माफी नमागेसम्म आफू बैठकमा सहभागी नहुने चेतावनी दिएका थिए।

तर बुधबार विहान ओली निकटका नेताले बैठकमा सहभागी हुनु नै उचित हुने सुझाव दिएपछि ओली बैठकमा सहभागी हुन तयार भएका थिए।
तर जारी बैठकमा भने प्रधानमन्त्री ओली सहभागी छैनन्।

बैठकमा ओली बाहेक अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, इश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *