प्रदेश प्रमुख अधिकारीलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

डिसी नेपाल
१९ मंसिर २०७७ २०:४१

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना सङ्क्रमण भई अक्सिजनको कमीका कारण आज अपराह्न थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।

प्रदेश प्रमुख अधिकारी यही मङ्सिर १२ गते कोरोना सङ्क्रमित भएर विराटनगरस्थित निवासमा बसेका थिए ।

उनलाई अक्सिजनको कमी भएर स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाडौँ लगिएको उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले बताए ।

प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लगिएको हो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *