राजतन्त्रको माग गर्दै चितवनमा प्रदर्शन

डिसी नेपाल
२० मंसिर २०७७ १६:००

चितवन । राजसंस्था सहित हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि देशव्यापी रूपमा शृङ्खला बद्ध सडक संघर्षका कार्यक्रम थालिएका छ्न।

वीर गोर्खाली अभियानले चितवनमा पनि राजसंस्था पुनःस्थापनाको माग गर्दै र्याली प्रदर्शन गरेको छ। ‘देश र श्रीपेचको रक्षा’ को लागि भन्दै शनिबार मोटरसाइकल र्र्‍यालीसहित विशाल प्रदर्शन भएको हो।

राष्ट्रिय झण्डा र पूर्व राजारानी ज्ञानेन्द्र र कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर भरतपुर स्थित पारस बसपार्क बाट चौबिसकोठी, पुल्चोक हुँदै बाइपास रोड, मालपोत चोक बाट पुनः पारस बसपार्कमा पुगेर र्याली कोणसभामा परिणत भएको हो।

र्यालीमा करिब ५ हजार भन्दा बडि मोटरसाइकल सहभागी रहेका आयोजकको दाबी छ । र्यालीपछि पारसबसपार्कमा भएको कोणसभामा बोल्दै वीर गोर्खाली अभियन्ता बसन्तविक्रम पाण्डेले नेपालमा राजसंस्था र हिन्दू राष्ट्र पुनः स्थापना भएरै छाड्ने दाबी गरे।

उक्त कार्यक्रममा अभियन्ताहरु नगेन्द्र देउजा, बिपिन तण्डुकार लगायतले राष्ट्रिय एकता र स्थिरताका लागि राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापना आवश्यक रहेको तर्क गर्दै यसका लागि देशव्यापी अभियान सञ्चालन गरिने बताए। कार्यक्रम संचालक सौरभ भण्डारीले अहिलेको नेतृत्व असफल भएको, राष्ट्रियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने दलिल पेस गरेका थिए।

विगत देखी राजसंस्था र राष्टियताका लागि आवाज उठाउदै आएका र स्वतन्त्र नागरिक एवं छरिएर रहेका सम्पुर्ण संघ संस्थाहरु लाई एकै ठाउमा संगठित गर्ने काम बिर गोर्खाली अभियानले गरेको श्रोतको दाबी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *