यो प्रदर्शन कास्टिङ मात्र हो, क्लाइमेक्स आउन बाँकी नै छ : राजेन्द्र लिङदेन

डिसी नेपाल
२० मंसिर २०७७ १७:५४

बिर्तामोड । राजसंस्था तथा हिन्दुराष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा झापामा शनिवार विशाल प्रदर्शन भएको छ। राप्रपाले संघीयता खारेजीको पनि माग गर्दै प्रधानमन्त्री केपी शर्माको गृह जिल्ला झापामा प्रदर्शन गरेको हो।

राप्रपाले मोटर तथा मोटरसाइकल र्यालीको आयोजना गरेर प्रदर्शन गरेको हो। र्यालीमा हजारौंको सहभागिता रहेको थियो। प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टामा भेला भएका थिए। दिउँसो साढे २ बजे काँकरभिट्टाबाट एकीकृत र्याली प्रारम्भ भएको थियो।

बिर्तामोडमा भएको कार्यक्रममा राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले शनिवारको प्रदर्शन शुरुवात मात्र भएको बताए। उनले चेतावनीको भाषामा भने, ‘यो प्रदर्शन कास्टिङ मात्र हो। क्लाइमेक्स आउन बाँकी नै छ।’ राजसंस्था तथा हिन्दुराष्ट्र देशको आजको आवश्यक्ता भएको नेता लिङदेनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *