सम्पदा संरक्षण प्राथमिकतामा

डिसी नेपाल
२० मंसिर २०७७ २३:४६

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्पदा संरक्षण र सम्बद्र्धनमा गर्न उच्च प्राथमिकमा राखी काठमाडौँभित्रका सम्पदालाई बाहिर जिल्लाका सम्पदासँग जोडेर पर्यटन व्यवस्थापन गर्ने भएको छ ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यले वडा २५ श्रीघः, नघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवनको आज शिलान्यास गर्दै सम्पदा संरक्षण र अवलोकनबाट स्थानीयवासीको आयमा वृद्धि गरिने जानकारी दिए। उनले क्वाःपा, द्योःछेँ, बहाल, बही, सत्तल जस्ता सांस्कृतिक सम्पदा जोगाएर गुठी परम्परालाई जीवन्त राख्न स्रोतको अभाव नभएको पनि प्रष्ट पारे ।

“भर्खर लुम्बिनी प्रदेशको रामग्राम नगरसँग भगिनी सम्बन्ध गाँसेका छौँ । यसैगरी भगवान् बुद्धको मावली घर भएको पण्डितपुरमा कोलिय शान्ति उद्यान निर्माण गर्न रु एक करोड ५० लाख विनियोजन गरेका छौँ ”, कामपा प्रमुख शाक्यले भने ।

विस्तारित भवनको लागत रु चार करोड २८ लाख हो । सोमध्ये पहिलो चरणमा करिब रु एक करोड लागतका काम हुने भवन निर्माण उपभोक्ता समितिका संयोजक अभयरत्न कंसाकारले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *