मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

डिसी नेपाल
२१ मंसिर २०७७ ८:३७

दमक । मोटरसाइकलको ठक्करबाट गए राति झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी–११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रकाश जवेगुका अनुसार को२प ६९७० नंको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका विष्टको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा विष्टसँगै रहेका स्थानीय ईश्वरी तिम्सिना पनि घाइते भएका र उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। विपरीत दिशाबाट आएको ट्रकको लाइट जुधेर मोटरसाइकल चालकले पैदलयात्री नदेख्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटना गराउने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार भएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *