चिठी पठाउँदै ओलीले भने, ‘प्रचण्डको प्रस्ताव निःशर्त फिर्ता नभएसम्म बैठकमा आउँदिन’ (चिठीसहित)
फाइल तस्वीर
काठमाडौं। सत्तारुढ दल नेकपाको आइतबार बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए। बरु उनले बैठकमा नआउनुको कारणसहितको पत्र सचिवलाय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत पठाए।
उनले पत्रमा गएको कात्तिक २८ गते सचिवलायमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ‘अभियोग पत्र’ निःशर्त फिर्ता नभएसम्म बैठकमा नआउने बताएका छन्।
उनले विधानविपरित फौजदारी आरोपहरु लगाएर राजनीतिक प्रस्तावका नाममा अभियोग पत्र पेश गरेको र अनाधिकृतरुपमा सबै ठाउँमा वितरण गरेको पत्रमा उल्लेख गरेका छन्। ओलीले पत्रमा स्थायी कमिटी सदस्यहरुले बुद्धिमता पुर्याउनेसमेत विश्वास व्यक्त गरेका छन्।
ओलीले महाधिवेशन नगरेरै पार्टी नेतृत्व परिवर्तन गर्ने र चुनाव नगरेरै सरकार परिवर्तन गर्ने काममा केही नेताहरु लागेकाले पार्टी संकटमा परेको उल्लेख गरेका छन्।


No ads found for this position

डिसी नेपाल
Facebook Comment