पूर्वमन्त्री आलमका भाइ भारतमा पक्राउ, रौतहट ल्याइँदै

डिसी नेपाल
२२ मंसिर २०७७ ९:५२

काठमाडौं। प्रहरीले नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलमलाई पक्राउ गरेको छ।भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरेर उनलाई रौतहट ल्याउन लागिएको प्रहरीले जनाएको छ।

पक्राउका लागि प्रदेश प्रहरी कार्यालय र रौतहट जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली भारतको मोतिहारी पुगेको थियो। ‘आजै रौतहटमा ल्याउने तयारी भैरहेको छ उनी पक्राउ परिसकेका छन्’, २ नं प्रदेश प्रहरी कार्यालयका एक अधिकारीले भने।

यसअघि पूर्व मन्त्री शेख ईद्रिसको गोठमा भएको बम विस्फोटको घटनामा संलग्न रहेका आरोप लागेपछि फरार भएका इँटाभट्टाका हेड मिस्त्री बाराको सिम्रौनगढ नगरपालिका४ का ५५ वर्षीय बद्री सहनी पक्राउ परिसकेका छन्।

०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको घट्नामा महताव फरार थिए। घटनाका मुख्य योजनाकार कांग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव पुर्पक्षका लागि नख्खु कारागारमा छन्। प्रहरीले आफ्तावलाई ०७६ असोज २७ मा पक्राउ गरी मुद्दा चलाएको थियो।

संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शेख इन्द्रिसको घरमा भएको विष्फोटका घाइते २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई आफ्तावको दाजुभाइको समूहले ईट्टाभट्टामा जिउँदै जलाएको आरोप छ।

विस्फोटमा १६ जना घाइते र ३ जनाको मृत्यु भएको प्रहरीको दाबी छ। घटनापछि मृतक र घाइतेलाई इँटा भट्टामा हालेर जलाएको भन्दै श्रीनारायण राजपुतले दिएको जाहेरीका आधारमा प्रहरीले २६ असोज २०७६ मा कांग्रेस नेता अफताव आलमलाई पक्राउ गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *