सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन

डिसी नेपाल
२२ मंसिर २०७७ २१:३९

जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले सूचना प्रविधिको अधिकतम र उचित प्रयोग गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

प्रादेशिक सुशासन केन्द्र जनकपुरको मुजेलियामा प्रदेश मातहतका कर्मचारीका लागि आयोजित सूचना सञ्चार प्रविधिसम्बन्धी क्षमता अभिवृद्धि तालीमको समापन समारोहमा उनले समृद्धि र विकासका लागि सूचना प्रविधिको अधिकतम प्रयोग गर्न कर्मचारीलाई निर्देशन दिए ।

कर्मचारीहरुका लागि अनुशासन आवश्यक रहेको जिकिर गर्दै उनले कर्मचारीतन्त्रमा अनुशासन कायम नभएसम्म विकास र समृद्धिको परिकल्पनासमेत गर्न नसकिने स्पष्ट पारेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यमप्रसाद भुसालको अध्यक्षतामा भएको सो समारोहमा प्रमुख सचिव अर्जुनप्रसाद पोखरेलले प्रदेशका कर्मचारीलाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउने उद्देश्यका साथ तालीम आयोजना गरिएको र आगामी दिनमा पनि यस्ता तालीमहरुलाई निरन्तरता दिने जानकारी गराए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *