नक्कली सवारी चालक अनुमति पत्रसहित पक्राउ

डिसी नेपाल
२४ मंसिर २०७७ १७:३९

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका ६ पाटीविहारबाट विभिन्न कागजात र नगद सहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका ७ बस्ने सिन्धुपाल्चोक साँगागढीचोक नगरपालिका १२ घर भएका २८ वर्षीय आषिश गिरी रहेका छन् ।

गिरीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको पिडित सहायताइकाईबाट विशेष सुचनाको आधारमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नगरपालिका चोकबाट नयाँठिमीतर्फ जाँदै गरेको बा १५ च ४६८४ नम्बरको कारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले जाँच गर्दा गिरीको साथबाट विभिन्न कागजात फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट विभिन्न नागरिकका नाममा जारी भएको नागरिकताको प्रतिलिपी ४ थान, २ थान सवारी चालक अनुमतिपत्र, सवारी चालक अनुमतिपत्रको कर तिरेको १ थान रसिद, सवारी चालक विवरणको ५ थान कागज, बा.१५ च ४६८४ नम्बरको गाडीको विलबुक, विभिन्न बैंकको २५ लाख रुपैयाँ बराबरको ४ थान चेक, ३ थान मोबाइल र नगद ४१ हजार ५ सय रुपैयाँ बरामद भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *