दुई महिलालाई क्यानडा पठाउने भनी भारततर्फ लगिएपछि…
सांकेतिक तस्वी।
कञ्चनपुर। कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ११ डोकेस्थित सीमा ईलाकाबाट दुई जना महिलालाई क्यानडा पठाईदिन्छु भनी भारततर्फ लैजाँदै गरेकी एक महिलालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्की जिल्लाको पोखरा महानगरपालिका १२ बस्ने सिता पाण्डे सुवेदी छिन्।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डोकेबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागि सोधपुछ गर्दा निज
सुवेदीले ती दुई महिलालाई भारतको दिल्ली हुँदै क्यानडा पठाइदिने भन्दै भारततर्फ लैजाँदै गरेको खुल्न आएपछि निज सुवेदीलाई पक्राउ गरिएको हो।
पक्राउ परेकी सुवेदीलाई ती दुवै जना महिलासहित शान्ति पुनर्स्थापना केन्द्र त्रिनगरमा बुझाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment