लागुऔषधसहित दुई युवक पक्राउ

डिसी नेपाल
२४ मंसिर २०७७ २२:२५

राजविराज । प्रहरीले सप्तरीको बोदेबर्साइन नगरपालिकाबाट लागुऔषधसहित दुई युवकलाई आज पक्राउ गरेको छ ।

पक्राउपर्नेमा वडा नं ५ खोजपुरका १९ वर्षीय आशिष भनिने सच्चितानन्द चौधरी र सोही ठाउँका शुभकान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा बोदेबर्साइन नगरपालिका– ५ जाँजरबाट दुवै जना युवकलाई पक्राउ गरेको हो । स ३ प ३६६१ नंको मोटरसाइकलमा सवार भएर गइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुको साथबाट १० थान डाइजिल्याव एम्पुल, आठ थान फेर्नागन एम्पुल, १० थान नोफिन एम्पुल बरामद भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *