काेराेनाबाट नेकपा नेता तथा पूर्वराजदूत कमानसिंह लामाको निधन

डिसी नेपाल
२५ मंसिर २०७७ १२:५५

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाको बिहीबार ६९ वर्षका उमेरमा निधन भएको छ। कोरोना भाइरसको सङ्क्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार बिहान नेता लामाको निधन भएको हो।

कोरोना भाइरस सङ्क्रमणका कारण १६ दिनदेखि उनी अस्पतालमा उपचारार्थ भएका थिए। विसं २००८ फागुन ९ गते पिता चन्द्रसिं र आमा मिश्रीमायाका कोखबाट जन्मिएका लामा विसं २०३३ मा निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए।

लामा विसं २०३५ मा गठित अखिल नेपाल युवा सङ्घका केन्द्रीय संस्थापक सदस्य बनेका थिए। विसं २०४८ को आमनिर्वाचनमा उहाँ जनमोर्चा नेपालबाट काभ्रेपलाञ्चोकको तत्कालीन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

विसं २०६३ मा पुनःस्थापित व्यवस्थापिका–संसद्को सदस्य बनेका उनले दक्षिण कोरियाका राजदूतसमेत रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए। दिवङ्गत लामाका श्रीमती, एक छोरा र चार छोरी छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *