बोको हरामले लियो विद्यालयबाट सयौँ विद्यार्थी अपहरण गरेको जिम्मा

डिसी नेपाल
३० मंसिर २०७७ २०:४७

कन्कारा । नाइजेरियाको एक विद्यालयमा गत हप्ताको अन्त्यतिर भएको आक्रमणपछि करिब तीन सय विद्यार्थी सम्पर्कबिहीन रहेकोमा घटनाको मङ्गलबार बोको हराम समूहले जिम्मा लिएको छ ।

गत शुक्रबार र शनिबार उक्त समूहले विद्यालयको छात्रवासमा प्रवेश गरी उनीहरूलाई अपहरण गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका थिए ।

जिहादी बोको हराम समूह र यसको प्रतिस्पर्धी स्लामिक स्टेटले पश्चिमी अफ्रिकी क्षेत्रमा एक दशक पहिले सुरु गरेको विद्रोह अझै पनि नाइजेरियाको उत्तरपूर्व र छिमेकी क्यारून, चाड र नाइजरमा शान्त भएको छैन ।

नाइजेरियाको कात्सिना राज्यका गभर्नर अमिनु बेल्लो मासरीका अनुसार अपहरणकारीले प्रशासनसँग सम्पर्क गरेको र अपहरणमा परेका विद्यार्थीको सुरक्षा प्रत्याभूत गर्न र उनीहरूको परिवारसम्म छात्रहरूलाई पु¥्याउन पहल लिइरहेको छ ।

नाइजेरियाली टेलीभिजन तथा अन्य सञ्चारमाध्यमले सशस्त्र समूहले गरेको आक्रमणपछि करिब २०० विद्यार्थी फिताशनिबार र आइतबारसम्म फिर्ता आएको तर अझै ३३३ विद्यार्थी सम्पर्कमा आउन नसकेको बताएका छन् ।

शुक्रबार भएको उक्त आक्रमण अफ्रिकी लुटेराहरूको समूहले गरेको सरकारले बताएको भएपनि मङ्गलबार बोको हराम समूहले उक्त आक्रमणमा आफ्नो समूहको सम्लग्नता रहेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *