आमाले दूध खुवाउँदा ३ महिनाकी छोरीको मृत्यु ! हत्या अभियोगमा आमा पक्राउ

डिसी नेपाल
१ पुष २०७७ १२:२७

काठमाडौं। आमाले खुवाउँदा ३ महिनाकी बालिकाको मृत्यु भएपछि हत्याको अभियोगमा आमा पक्राउ परेकी छिन् । बालिकाको मृत्यु मेथाम्फेटामाइनको ओभरडोजका कारण भएको पाइएपछि आमालाई पक्राउ गरिएको हो । अटम ब्लान्सेट नामकी ३१ वर्षकी ती महिलाले आफूले मेथाम्फेटामाइन ड्रग्स र गाँजा सेवन गरेर छोरीलाई दूध खुवाएको स्वीकार गरेकी छिन् । बालिकाको अटोप्सी रिपोर्टमा उनको शरीरमा उच्च मात्रामा मेथाम्फेटामाइन पाइएको थियो ।

द सनको रिपोर्ट अनुसार अमेरिकाको लुसियाना राज्यको मारेरोमा ती बालिका हलचल नगरेको जानकारी पाएपछि स्वास्थ्यकर्मीहरु घरमै पुगेका थिए । स्वास्थ्यकर्मीले घटनास्थलमै उनलाई मृत घोषित गरेका थिए तर मृत्युको कारण थाहा हुन सकेको थिएन । अटोप्सी रिपोर्टमा बालिकाको शरीरमा ड्रग्सको मात्रा पाइएको थियो । ११ डिसेम्बरमा ती बालिकाको मृत्यु हत्या भएको ठहर गरिएको थियो । पछि सोधपुछका क्रममा ब्लान्सेटले आफूले मेथ र गाँजा सेवन गरेर छोरीलाई दूध खुवाएको स्वीकार गरेकी थिइन् ।

अधिकारीहरुले ब्लान्सेटको घरमा दुवै लागूऔषध पनि बरामद गरेका छन् । महिलालाई सेृकेण्ड डिग्री हत्याको अभियोग लगाइएको छ । उनलाई अदालत कहिले उपस्थित गराइनेछ भन्ने प्रस्ट छैन । ड्रग्सका कारण कुनै बच्चाको मृत्यु भएको यो पहिलो पटक भने होइन । यसअघि इण्डियानामा पनि एक महिलाले मेथ सेवन गरेर छोरालाई दूध खुवाएपछि २ महिनाका छोराको मृत्यु भएको थियो । त्यसपछि उनलाई पनि पक्राउ गरी मुद्दा चलाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *