यौनकर्मीको शोषण गर्ने व्यवसायीलाई कम्तीमा ८३ लाख क्षतिपूर्ति तिर्न आदेश

डिसी नेपाल
१ पुष २०७७ १४:१८

काठमाडौं। यौनकर्मीको शोषण गर्ने एक व्यवसायीलाई मानव अधिकार आयोगले कम्तीमा ८३ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ । न्यूजिल्याण्डमा ती व्यवसायी विरुद्ध यौनकर्मीले यौन हिंसाको उजुरी गरेकी थिइन् । मुद्दाको सुनुवाइको क्रममा त्यहाँको मानवअधिकार आयोगले ती व्यवसायीलाई क्षतिपूर्तिस्वरुप ६ अंकको धनराशी तिर्न आदेश दिएको हो । ६ अंकको धन कम्तीमा पनि एक लाख न्यूजिल्याण्ड डलर हुन्छ ।

स्टफका अनुसार मानव अधिकार आयोगका निर्देशक माइकल टिम्मिंसले यो भुक्तानी एक जरुरी चेतावनी भएको र यसले कुनै पनि श्रमिक चाहे उसले जुनसुकै क्षेत्रमा काम गरोस् कार्यस्थलमा उसको यौन उत्पीडन हुनु हुँदैन भन्ने कुरा याद दिलाउने बताए । उनले यो चेतावनीले श्रमिक शोषणविरुद्ध आवाज उठाउन सक्छन् भन्ने पनि याद दिलाउने बताए ।

माइकल टिम्मिंसले भने ‘हामी सबै व्यवसाय मालिकहरु र उनका कर्मचारीहरुलाई यो सुनिश्चित गर्न प्रोत्साहित गर्छौं कि उनीहरु यौनकर्मीको अधिकारहरु बुझुन् र उनीहरुको सम्मान गरुन् ।’ आयोगले यो भुक्तानीको उद्देश्य महिलालाई आर्थिक र भावनात्मक रुपबाट भएको क्षतिको भरपाइ गर्नु भएको बताए । आयोगले यी महिलाको पहिचानसहित सबै विवरण गोप्य राखेको छ ।

यो मुद्दा यौनकर्मीहरुको मानवअधिकार अधिनियम अन्तर्गत दर्ता गरिएको थियो । मानवअधिकार ट्रिब्युनलले भनेको छ ‘सबै कुरा यसमा निर्भर गर्दछ कि के कुरा कुन सन्दर्भमा गरिएको छ । एक वेश्यालयमा पनि अनुचित र अपमानजनक भाषाको प्रयोग गर्न पाइँदैन ।’ ट्रिब्युनलले अगाडि भनेको छ ‘यदि एक वेश्यालयमा गलत यौन व्यवहार वा भाषालाई अप्रिय वा अपमानजनक मानिएन भने अधिनियम अनुसार यौनकर्मी आफ्ना अधिकारबाट बञ्चित रहनेछन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *