यी हुन् २०२० मा सबैभन्दा धेरै कमाउने सेलिब्रेटी, दोस्रोको भन्दा साढे ३ गुणा धेरै कमाइ

डिसी नेपाल
१ पुष २०७७ १६:१२

काठमाडौं। अमेरिकी रियालिटी स्टार र कस्मेटिक बिजनेस टाइकुन काइली जेनरलाई फोर्ब्सले २०२० मा सबैभन्दा धेरै कमाइ गर्ने सेलिब्रेटी घोषित गरेको छ । २३ वर्षकी काइलीले यस वर्ष ५९० मिलियन डलर कमाइ गरेकी छिन् । काइलीको कमाइ यति धेरै छ कि सूचीमा उनीभन्दा ठिक तल रहेका अन्य ४ जना सेलिब्रेटीको कमाइ जोड्दा पनि उनको जति पुग्दैन ।

काइलीपछि अमेरिकन र्यापर कान्ये वेष्ट छन् । उनको कमाइ १७० मिलियन डलर छ । तेस्रो स्थानका टेनिस खेलाडी रोजर फेडेररको कमाइ १०६.३ मिलियन डलर, चौथो स्थानका फुटबलर क्रिस्टियानो रोनाल्डोको कमाइ १०५ मिलियन डलर र पाँचौं स्थानका फुटबलर लियोनेल मेस्सीको कमाइ १०४ मिलियन डलर छ । रोचक त के भने दोस्रो स्थानका कान्ये वेष्ट शीर्ष स्थानकी काइली जेनरकी दिदी किम कार्दाशियनका पति हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *