नेकपा स्थायी कमिटी बैठक शुरु, ओली पनि सहभागी
काठमाडौं। सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा शुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन्। बुधबार दिउँसो एक बजेका लागि बोलाइएको बैठक अहिले ४ बजेपछि शुरु भएको हो।
सरकारले मंगलबार अध्यादेशमार्फत संवैधानिक परिषद् ऐन संशोधन गरेर संवैधानिक परिषद्को बैठक बसालेपछि नेकपामा विवाद झन चर्केको छ। अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भइरहेको छ। पार्टी बैठकमा पनि ओलीको आलोचना हुने देखिएको छ। उता नेकपा सांसदहरुले शीतल निवास पुगेर संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपति समक्ष समावेदन गर्ने तयारी गरेपछि स्थायी कमिटी बैठक नै बस्न ढिलाइ भएको हो।
बैठकअघि दुई अध्यक्षबीच दुई पटक बालुवाटारमै छलफल भएको छ। तर छलफलमा कुनै सहमति जुटेको वा नजुटेको केही खुलाइएको छैन। तर, शीतल निवास पुगेका नेकपा नेताहरु भीम रावल र पम्पा भुसालले समावेदन दर्ता भने गराउन पाएका छैनन्। राष्ट्रपति कार्यालयका सचिव सम्पर्कविहीन बनेपछि सो समावेदन यतिबेलासम्म दर्ता भएको छैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment