बुधबार पनि घट्यो नेप्से, कारोबारो रकम पनि घट्दो

डिसी नेपाल
१ पुष २०७७ १६:३५

काठमाडौं। साताको चौथो दिन बुधबार पनि सेयर बजार परिसूचक नेप्से घटेको छ। बुधबार बजार परिसूचक ६ दशमलव २० अंक घट्दै २ हजार ५५ दशमलव २२ विन्दुमा बन्द भएको छ। यसअघि मंगलबार बजार ५ दशमलव ७५ अंकले घटेर २ हजार ६१ दशमलव ४१ विन्दुमा बन्द भएको थियो।

बुधबार नेप्से परिसूचकसँगै मंगलवारको तुलनामा कारोबार रकम पनि घटेको छ। मंगलबार रू. ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार बराबरको ९७ लाख ५५ हजार ५४७ कित्ता सेयर खरिदबिक्री भएको थियो।

बुधबार भने रू. ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार बराबरको १ करोड ५ लाख ५८ हजार ३९१ कित्ता सेयर कारोबार भएको छ। बुधबार सर्वाधिक कारोबार नेपाल क्रेडिट एण्ड कमर्स बैंकको रू.३९ करोड ४३ लाख ९५ हजार बराबरको सेयर खरिद बिक्री भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *