ट्रम्पका पार्टीका नेताद्वारा राष्ट्रपति चुनावको परिणाम स्वीकार, बाइडेनलाई दिए बधाई

डिसी नेपाल
१ पुष २०७७ १७:०२
52
Shares

एटलान्टा । राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी माथिल्लो सदन सिनेटमा बहुमत पु¥याउने अभियान मङ्गलबार थालनी गरेका छन् ।

रिपब्लीकन पार्टीको बहुमत रहेको सिनेटका नेता मिच म्याक्कोनेलले राष्ट्रपति निर्वाचनको परिणाम स्वीकार गरेलगत्तै बाइडेन सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत जुटाउने अभियानमा लागेका हुन् ।

सिनेटको दुई सदस्यका लागि जर्जिया राज्यमा आगामी जनवरी ५ मा चुनाव हुँदैछ । यो चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएमा सिनेटमा रिपब्लीकन र डेमोक्रेटिक पार्टी दुबैको समान ५०–५० स्थान हुनेछ ।

राष्ट्रपति चुनावमा जर्जिया राज्यमा बाइडेन विजयी भए पनि सिनेटका लागि उम्मेदवार रहेका डेमोक्रेटिक पार्टीका उम्मेदवारहरुले ५० प्रतिशत मत प्राप्त गरेका थिएनन् । त्यही कारण जर्जियामा दोस्रो चरणको मतदान हुन लागेको हो ।

बाइडेन चुनावी प्रचार र सभाहरुका लागि जर्जिया प्रस्थान गरेका छन् । जर्जियामा डेमोक्रेटिक पार्टीका तर्फबाट जन ओस्सोफ र राफेल वार्नोक उम्मेदवार बनेका छन् । यसअघि जर्जियाका दुबै स्थानमा रिपब्लीकन पार्टीका उम्मेदवार विजयी भएका थिए ।

राष्ट्रपति–निर्वाचित बाइडेनले भनेका छन्, “यी दुई व्यक्ति मलाई दिनुहोस्, हामी सिनेटमा नियन्त्रण गर्न सक्षम हुनेछौं ।” इलेक्टोरल कलेजले बाइडेन विजयी भएको घोषणा गरेलगत्तै सिनेटका लागि रिपब्लीकन र डेमोक्रेटिक पार्टीबीच तानातान शुरु भएको छ ।

यसैबीच बाइडेनले इन्डियानका पूर्व मेयर पिट बुटिजिगलाई यातायात मन्त्रालयको जिम्मेवारी दिएको घोषणा गरेका छन् । चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हार अझै स्वीकारेका छैनन्, तर सिनेट रिपब्लीकनका नेता मिच म्याक्कोनेलले राष्ट्रपति ट्रम्पलाई एक सन्देश पठाई अब चुनावी दौड समाप्त भएको बताएका छैनन् ।

सिनेटको बैठकमा पनि म्याक्कोनेलले भने, “इलेक्टोरल कलेजले पनि बोलिसक्यो । त्यसैले आज म राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई दिन चाहन्छु ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *