भारतमा किसान आन्दोलनः सरकारको दमन देखेर बाबाले गरे आत्महत्या

डिसी नेपाल
१ पुष २०७७ २०:५३

नयाँ दिल्ली (एजेन्सी)। भारतमा जारी किसान आन्दोलनका बीच सरकारी दमनबाट वाक भएका एक सन्त बाबाले बुधबार आत्महत्या गरेका छन्। दिल्ली–हरियणा सीमा (सिंघु)मा आन्दोलनरत किसानसँगै रहेका संत बाबा राम सिंहले आफैलाई गोली हानी आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतका विगत २१ दिनदेखि विभिन्न राज्यबाट आएका आन्दोलनकारी किसान दिल्लीको सीमामा प्रदर्शन गरिरहेका छन्। किसानहरुले हालै मोदी सरकारले ल्याएको तीनवटा कृषि कानून फिर्ता हुनुपर्ने भन्दै आन्दोलन जारी राखेका छन्।

सरकार र किसानबीच भएको ६ चरणको वार्तासम्म कुनै सहमति नजुटेपछि किसान आन्दोलन झन सशक्त बन्दै गएको छ। यहीबीचमा संत बाबा राम सिंहले आत्महत्या गरेका हुन्। उनले सुसाइड नोटमा किसानको आन्दोलनमाथि सरकारी दमन देख्न नसकेको उल्लेख गरेका छन्।

आन्दोलनकारी किसानहरुले आन्दोलनका क्रममा कम्तिमा २० जना आन्दोलनकारी किसानको मृत्यु भइसकेको जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *