हेटौँडा बजारमा पैदलयात्रुका लागि कुर्ची

डिसी नेपाल
२ पुष २०७७ ७:२०

वाग्मती । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको मुख्य शहर क्षेत्र हेटौँडा बजार क्षेत्रमा पैदलयात्रुको सहजताका लागि बजारका विभिन्न स्थानमा सिमेन्टका कुर्ची व्यवस्थापन गरिएको छ। हेटौँडाका ठाउँठाउँमा पैदलयात्रुलाई बस्नका लागि विभिन्न बजारी क्षेत्रमा सिमेन्टका २५ वटा कुर्ची राखिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए।

सो कुर्चीको आर्थिक व्यवस्थापन हेटौँडा उपमहानगरपालिकाले गरेको छ। हेटौँडाको बुद्धचोकमा चार, सिमाचोकमा तीन, अजम्बरोडमा दुई, वासुकला चोकमा तीन, मानसचोकमा दुई, नगरपालिका रोडमा चार र मनकामना जाने बाटोमा छ वटा कुर्ची राखिएको छ।

सिमेन्टका रङ्गिन कुर्ची राखिएपछि यात्रुलाई बस्नका लागि सजिलो भएको र यस क्षेत्र सुन्दरसमेत देखिएको छ । बस्नका लागि कुर्ची राखेपछि यात्रुसमेत खुशी भएका छन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *