अमेरिकी विदेशमन्त्री पोम्पेओ क्वारेन्टाइनमा

डिसी नेपाल
२ पुष २०७७ १३:३४
88
Shares

काठमाडाैं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ क्वारेन्टाइनमा बस्न लागेकाे अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। कोभिड १९ का संक्रमितसँग सम्पर्क भएपछि उनी पनि कोभिडको संक्रमण हुनसक्ने आशंकामा क्वारेन्टाइनमा बस्नु लागेकाे बताइएको छ।

उनी कोभिड १९ संक्रमितको सम्पर्कमा आएकोले क्वारेन्टाइनमा बस्ने भएको बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ। बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, ‘विदेशमन्त्री पोम्पेओ कोही कोभिड १९ संक्रमितको सम्पर्कमा आएको थाहा भएकोले उहाँ क्वारेन्टाइनमा बस्नुहुनेछ र ती संक्रमित व्यक्तिको पहिचान उनको गोपनीयताको अधिकारका कारण भनिएको छैन।’

उनको तत्काल गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ तर पनि सिडीसीको मापदण्डअनुसार कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले विदेशमन्त्री पाेम्पेओ क्वारेन्टाइनमा बस्नुुपर्ने भएको पनि सो विज्ञप्तिमा जनाइएको छ।

उनी चिकित्सकको प्रत्यक्ष निगरानीमा रहने समेत विज्ञप्तिमा उल्लेख गरिएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *