स्वास्थ्य संस्थामा शिशु जन्माउनेलाई ८ हजार ८ सय, मृतकको घरमै किरिया खर्च

डिसी नेपाल
३ पुष २०७७ २३:३६

दोलखा । नियमितरूपमा जाँच गरी स्वास्थ्य संस्थामा शिशु जन्माउने आमालाई तत्कालै मेलुङ गाउँँपालिकाले रु आठ हजार ८०० दिने गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को शुरुदेखि नै गाउँँपालिकाले सङ्घीय सरकारले प्रदान गर्ने रु तीन हजार ८०० मा रु पाँच हजार थप गरेर सो रकम दिने गरेको हो ।

सुत्केरी स्याहार खर्च र सुत्केरी पोषण खर्चका नाममा पालिकाका सबै वडामा सो रकम वितरण गरिँदै आएको छ । हालसम्ममा १०० जनालाई वितरण गरिएको गाउँँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए । सुरक्षितरूपमा शिशु जन्माएर बालमृत्युदर र मातृ मृत्युदर कम गर्ने उद्देश्यले जिल्लामै यो नमुना नमुना काम सो गाउँँपालिकाले गर्दै आएको छ ।

उक्त गाउँँपालिकाभित्र जुनसुकै कारणले मृत्यु भएकाका परिवारलाई तत्काल रु पाँच हजार दिने गरेको छ । वडा सचिवमार्फत आफ्नो क्षेत्रभित्र मृत्यु भएका परिवारलाई तत्काल सहयोग पुगोस् भन्ने उद्देश्यले घरमै पुर्याइदिने गरेको हो । समाजलाई समाजिक रूपान्तरण गर्ने कुराको महशुस गर्दै गाउँँपालिकाले छैटौँ गाउँँसभा अधिवेशनबाट सो रकम दिइँदै आएको अध्यक्ष श्रेष्ठले बताए ।

आव २०७७/७८ बजेट नीति तथा कार्यक्रममा किरिया खर्चका लागि रु पाँच लाख र सुत्केरी पोषण खर्चका लागि रु पाँच लाख विनियोजन गरेकामा यसले नपुग्ने देखिएकाले आगामी हिउँदे अधिवेशनबाट रु पाँच÷पाँच लाख थप गर्ने गाउँँपालिकाले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *