प्रदेश खेलकूद परिषद् चाँडै गठन हुने
माेरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश खेलकूद परिषद् चाँडै गठन गर्ने जानकारी दिँदै सङ्घीयता स्थापनापछि खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै उपाधि हासिल गरी राष्ट्रको नाम विश्वस्तरमा राखेको बताएका छन्। आइटिफ तेक्वान्दो सङ्घद्वारा शुक्रबार आयोजित प्रदेशस्तरीय प्रथम तेक्वान्दो टेक्निकल समिनार कोर्सको यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेर यस क्षेत्रका राष्ट्रिय प्र्रतिभालाई सम्मान गर्ने गरेको बताए।
मुख्यमन्त्री राईले प्रदेश सरकार यस क्षेत्रमा एक पालिका एक मैदान अवधारणाले काम गरिरहेको जानकारी दिँदै खेलकूदको आवश्यक विकासका लागि चाहिने पूर्वाधार एवं प्रशिक्षण उपलब्ध गराई खेलकूदको विकास गर्ने बताए।
नेपाल कम्युनिष्ट पार्टी मोरङका अध्यक्ष एवं आइटिफ स्थापक जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले खेलाडीले अनुशासित भई विश्व खेल प्रतिस्पर्धामा नेपालको नाम उच्च राख्न शुभकामना दिए।
आइटिएफका केन्द्रीय अध्यक्ष अन्जन धमलाले कोरोना माहामारीबाट सबैभन्दा पीडित खेलकूद क्षेत्र भएको बताउँदै खेलकूद सङ्घसंसको नेतृत्व राजनीतिक भागबण्डाले चयन हुँदा यस क्षेत्रले फड्को मार्न नसकेको बताए। प्रदेशका १३ जिल्लाका पाँच वर्षदेखि २३ वर्षसम्मका दुई सय खेलाडीले दुई दिने सेमिनारमा सैद्धान्तिक प्राविधिक, व्यावहारिक, आत्मसुरक्षा र निर्णायक सम्बन्धमा प्रशिक्षण लिने बताइएको छ। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment