मुख्यमन्त्री पौडेलद्वारा नारायणी कलामन्दिरको निरीक्षण

डिसी नेपाल
४ पुष २०७७ २३:३३

भरतपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नारायणगढस्थित नारायणी कलामन्दिरको शनिबार स्थलगत निरीक्षण गरेका छन् ।

उनले प्रदेश सरकारबाट विनियोजन भएको बजेटबाट भएको कामको निरीक्षण गरेका हुन् । प्रदेश सरकारले कलामन्दिरको हलमा निर्माण गरिने संरचनाका लागि रु १० लाख बजेट विनियोजन गरेको छ ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले गुणस्तरीय काम गर्न निर्माण समितिलाई निर्देशन दिए । कलामन्दिरका लागि बजेट अभाव नहुने भन्दै उनले विनियोजित रकमको सही सदुपयोग गर्न आग्रह गरे ।

कलामन्दिरको हलमा राखिने सीट खरिदका लागि भरतपुर महानगरपालिकाले रु २० लाख बजेट विनियोजन गरेको कलामन्दिरका अध्यक्ष उद्धव जोशीले जानकारी दिए ।

“सीट र कार्पेटको काम महानगरबाट हुँदैछ”, उनले भने, “विद्युत्को काम वडा कार्यालयले गर्दैछ ।” उपत्यका पछिको पहिलो सभाहलका रुपमा रहेको नारायणी कलामन्दिरमा चितवनका अधिकांश कार्यक्रम हुने गरेका छन् । नारायणी कला मन्दिर २०१९ सालमा स्थापना भएको हो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *