गुलियो चिनीको बदलामा नुनिलो आँसु (फोटो फिचर)
काठमाडौं । उखु मिलबाट करोडौं रुपैयाँ भुक्तानी नपाएका उखु किसानहरुले माइतीघर मण्डलमा हप्तादिन अघिदेखि थालेको आन्दोलन आज (सोमवार) पनि जारी रहेको छ। भुक्तानी नपाएपछि आन्दोलित उखु किसानहरुले अब जे हुने हो यहि आन्दोलनले अन्तिम निर्णय गर्छ भन्दै आन्दोलन जारी राखेका छन । अझै पीडित किसानहरु पनि आउने क्रम जारी रहेको छ। साथै, उनीहरुले आन्दोलन स्थलमा केहि दिनपछि टेण्ट लगाएर त्यहि बस्ने सुत्ने पनि बताएका छन।
अब चिनी मिलहरुले बक्यौता भुक्तानी नगरेसम्म घर नफर्किने उखु किसानहरुको भनाइ छ । सरकार र उखु किसानबीच गत वर्ष माघमा किसानहरुको बैंक खातामा रकम पुर्याउने सहमति भएको थियो। तर, सहमति अहिलेसम्म कार्यान्वयन नभएपछि आन्दोलन घोषणा गरेको उखु किसानहरुको भनाई छ ।














No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment