नेकपाको एकता महाधिवेशनकाे मिति तोकियो
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन तय भएको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको तेस्रो केन्द्रीय पूर्ण बैठकले एकता महाधिवेशन आगामी मंसिर २ गते देखि काठमाडौंमा सुरु गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।
बैठक पश्चात बालुवाटारमा पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री समेत रहेका नेता ज्ञवालीले आगामी बैठक पुस १९ गते बस्ने पनि जानकारी दिए। उनले अब बस्ने सबै बैठकहरु निर्वाचनमा केन्द्रीत रहने पनि बताएका छन्।
आज १ हजार ३ जना रहने गरी केन्द्रीय कमिटी विस्तार समेत गरिएको छ। केही सदस्यपछि थपेर यो संख्या १ हजार १ सय ९९ पु¥याइने पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment