प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक, माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव

डिसी नेपाल
७ पुष २०७७ १४:१८
460
Shares

काठमाडौं। केपी शर्मा ओली पक्षधरको केन्द्रीय कमिटी बैठक सकिएको केही समयपछि राजधानीको बबरमहलस्थित कार्की पार्टी प्यालेशमा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ।

स्थायी कमिटी बैठक सकिए लगत्तै केन्द्रीय कमिटी बैठक सुरु भएको हो। स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको थियो। स्राेतका अनुसार प्रचण्ड र नेपालले पालैपालो अध्यक्षता गर्ने प्रस्ताव गरिएको छ। उक्त निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने बताइएको छ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले साविकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाा सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठनको घोषणा गरेका  थिए। नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ।

पार्टीमा आफ्नो बहुमत देखाउन उनले केन्द्रीय कमिटीमा ५ सय ५६ जना नयाँ नियुक्त गरेर केन्द्रीय कमिटीको संख्या ११ सय ९९ पु-याएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *