नेकपा विवाद : श्रीमती ओली पक्षकाे भेलामा, प्रचण्डलाई श्रीमानकाे साथ
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले राजनीतिमा तरंग ल्याएको छ। राजनीतिमा आएको तरंगले सबैलाई तताएको त छ नै । तर, राजनीतिमा हुने बाँड्फाडबाट श्रीमान श्रीमतीबीच पनि मतभेद हुने संकेत देखिएको छ।
पूर्व भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ ओलीका विश्वास पात्र मानिँदै आएका थिए। प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले आज बोलाएका छुट्टाछुट्टै केन्द्रीय बैठकले धेरै नेताहरुलाई अलग अलग गरायो नै । तर, पूर्वमन्त्री रघुबीर महासेठका भने श्रीमान श्रीमती नै अलग अलग भेलामा देखिएका छन्।
महासेठ प्रचण्ड नेपालको भेलामा देखिए भने उनकी श्रीमती जुली महताे भने ओली पक्षले बोलाएको भेलामा देखिएकी थिइन्। यस अघि दुवै जना ओली निकट थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment