छोराले बियर पिएर रमाइलो गरुन् भनेर पिताले ६ वर्ष पहिले मर्नुअघि छोडे ११ सय रुपैयाँ

डिसी नेपाल
७ पुष २०७७ १५:३९

काठमाडौं। एक पिताले आफ्नो मृत्यु हुनुअघि आफ्नी श्रीमतीलाई केही पैसा यसकारण दिए ताकि उनका छोराले मदिरा पिउने वैधानिक उमेर पुगेपछि बियर पिएर रमाइलो गर्न सकुन् । पिता चाहन्थे कि उनकी पत्नीले छोराको उमेर पुगेपछि यो पैसा छोरालाई दिउन् र छोराले यो पैसाले बियर किनेर रमाइलो गर्न सकुन् । सामाजिक संजालमा पिता–पुत्रको यो रोचक घटना निकै लोकप्रिय भएको छ ।

सीएनएनको रिपोर्टअनुसार म्याट गुडम्यान नामका युवक जब २१ वर्षका भए त्यसपछि उनले सोचे कि आज उनका पिता उनीसँग भए साथमा रमाइलो गर्नु हुन्थ्यो । तर, उनलाई थाहा थिएन कि उनका पिताले आफ्नो मृत्युभन्दा पहिले नै उनको लागि व्यवस्था गरेका थिए । अमेरिकाको मासाचुसेट्सका म्याटका पिता जोन गुडम्यानको मृत्यु ६ वर्ष पहिले भएको थियो । उनलाई क्यान्सर थियो । तर, उनले मृत्युपूर्व नै आफ्नी पत्नीलाई १० डलर दिएका थिए ताकि छोरा २१ वर्षका भएपछि यो पैसाले बियर किनेर पिउन सकुन् ।

पिताको मृत्युपछि पनि म्याटकी आमा र दिदीले यो कुरालाई गोप्य राखेका थिए । अन्ततः २१ वर्षको भएपछि म्याटलाई उनकी आमाले पिताले दिएको रकम दिइन् । मासाचुसेट्समा मदिरा पिउन २१ वर्ष उमेर पुगेको हुनुपर्छ । २१ वर्ष उमेर पुगेपछि म्याटले पिताले दिएको रकमले बियर पिए । म्याटले ट्वीटरमा पिताले दिएको पैसाले बियर पिएको जानकारी शेयर गरेका छन् । यो ट्वीटले बियर कम्पनी बडवाइजरको पनि ध्यान तान्यो र कम्पनीले म्याटलाई ८ कार्टुन बियर उपहार दियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *